सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • साग टिप्न गएकी वृद्धाको मृत्यु

साग टिप्न गएकी वृद्धाको मृत्यु

510
Shares
साग टिप्न गएकी वृद्धाको मृत्यु

हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका २ भालुखर्ककी अचेत अवस्थामा फेला परेकी एक वृद्धा महिलाको मृत्यु भएको छ ।

शुक्रबार  बारीमा साग टिप्न गएको बेला अचेत भएकी ६४ वर्षीया विष्णु माया लोप्चनको मृत्यु भएको हो । लोप्चन अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा बारीमै अचेत अवस्थामा फेला परेकी हुन । उपचारका लागि काठमाडौं फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शव सोही अस्पतालमा रहेको र घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको छ ।

510
Shares

ट्रेन्डिङ