सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रहरी हुँ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

प्रहरी हुँ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

4995
Shares
प्रहरी  हुँ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

पर्सा ,मंसिर , १२ ,   जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चतुर्वेदी हातहतियार खरखजाना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ।
 

 

 

 

-रातो पाटी बाट

4995
Shares

ट्रेन्डिङ