सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्रि जमकट्टेल

खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्रि जमकट्टेल

काभ्रेमा कृषि विधालयको आवस्यकता छ :- जमकट्टेल

820
Shares
खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्रि जमकट्टेल

काभ्रे | काभ्रेमा आज जिल्ला खेलकुद विकास समितिको भवन उद्घाटन तथा रास्ट्रपति रनिङ्गशिल प्रतियोगिता उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्रि शालिकराम जमकट्टेलले प्रतियोगितालाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारले खेल क्षेत्रलाई अत्यन्तै महत्वका साथ् अघि बडाएको बताएका थिए । संगै बागमती प्रदेशले हालसालै प्रदेश सरकाररले गरेका कार्यहरु विवरण सार्वजनिक गरेको छ। त्यो उपलब्धि अध्ययन गर्न अनुरोध समेत गरेका थिए।

कार्यक्रममा बोल्दै जमकट्टेले कृषिमा दक्षजनशक्ति उत्पादन गर्नका लागि काभ्रेमा एउटा कृषि क्याम्पसको आवस्यकता रहेको आफुले महसुस गरेको बताए। कृषि क्याम्पस एउटा विल्डिंङ्ग र थोरै जग्गामा मात्र नभई एक दुई हजार रोपनी क्षेत्रफ़लमा स्थापना गर्ने गरि कार्यक्रम बनाउन काभ्रेबाट प्रतिनिधित्व गर्ने प्रदेशका मन्त्रिहरुलाई उनले आग्रह गरे।

कृषिमा दक्षजनशक्ति उत्पादन गर्न र कृषि उत्पादनलाई वृद्धि गर्न कृषिलाई आधुनिकता तर्फ नैजानु पर्ने अहिलेको आबस्यकता रहेको उनले जोड दिए।

कार्यक्रमममा बागमती सरकारका पुर्व खेलकुद मन्त्रि एवम प्रदेश संसद रत्न ढकालले आफु मन्त्रि भैरहदा खेलक्षेत्रको विकासका निमित थुप्रै ऎन कानुन संसोधन गरेको बताए। तेस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिंचाई मन्त्रि तिर्थ लामाले भने खेलकुदमा अनुसाशनको आवस्यकता भएकाले अनुसाशीत भै खेल खेल्नाले जित हासिल गर्न सकिने बताए।

संगै बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्रि लक्क्षमण लम्सालले १५ औ सस्करणको रास्ट्रपति रनिङ्गशिड प्रतियोगितालाई एउटा उत्सबको रुपमा मनाउदै प्रतियोगितालाई भब्य र सब्य रुपमा समापन गर्न आयोजकलाई सुझाब दिएका थिए।

कार्यक्रमका काभ्रेका स्थानिय सरकारका प्रतिनिधि , प्रशिक्षक , खेलाडी , राजनीतिक दलका प्रतिनिधि , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख लगाएतको उपस्थितिमा प्रतियोगिताको समुद्घाटन गरिएको हो। जिल्ल्ला खेलकुद विकास समितिको आयोजना गरेको प्रतियोगिता बनेपा बुडोलमा समुद्घाटन गरिएको हो। प्रतियोगिता आज बाट सुरुभै ३ दिन सम्म चल्ने छ।

820
Shares

ट्रेन्डिङ