सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जिप दुर्घटना हुँदा चारको मृत्यु, पाँंच गम्भीर घाइते

जिप दुर्घटना हुँदा चारको मृत्यु, पाँंच गम्भीर घाइते

3560
Shares
जिप दुर्घटना हुँदा चारको मृत्यु, पाँंच गम्भीर घाइते

उदयपुर, पुस  , ३ ,   उदयपुरगढी गाउँपालिका–३ स्थित जरुवामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते भएका छन् उदयपुरगढीबाट कटारी आउँदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षकै मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिपमा सवार भारतको सिक्किममा बसोबास गर्ने र उनीहरु आफन्त भेटघाट गरी फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।घाइतेको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ । नयाँ बाटो र बाक्लो हुस्सुको कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । घटनास्थल सदरमुकाम गाईघाटदेखि ७० किलोमिटर टाढा रहेको छ ।

3560
Shares

ट्रेन्डिङ