सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नागरिकता संशोधन विरूद्ध प्रदर्शन

नागरिकता संशोधन विरूद्ध प्रदर्शन

5830
Shares
नागरिकता संशोधन विरूद्ध प्रदर्शन

वीरगञ्ज, ७ असार / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रि अजय कुमार चौरसियाले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन विधयेकले विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताएका छन् । नेपाल महिला संघ पर्साले प्रस्तावित नागरिकता संशोधन विरूद्ध प्रदर्शनपछि वीरगञ्जको घण्टाघरमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चौरसियाले विवाहको ७ पछि ल्याईएको विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढन पाउनु पर्ने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको आरोप लगाएका छन् ।

उहाँले भारतसँग रहेको रोटीबेटीको सम्बन्धलाई विगार्दै मुलुकलाई कम्युनिष्ट शासन तर्फ लान खोजेको आरोप लगाएका छन् । कोणसभामा महिला नेतृ एवं वीरगञ्ज महानगर उपप्रमुख शान्ति कार्की, किरण सरकार, उत्मा प्याकुरेल, मनोजा चौधरी प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, समिबधान सभाका सदस्य अनिल रुङ्गटालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

त्यसै गरि नेपाली कांग्रेस बाराले कलैयमा प्रस्तावित नागरिकता धियकका बिरुद्धमा कलैयामा कोण सभा सम्पन्न गरेको छ । सभामा नेपाली कांग्रेसका केन्द्रीय ससदस्य राधेचन्द्र यादवले सम्बोधन गरेका थिए । कार्यक्रममा पुर्वमन्त्री कलावती पासवान क्षेत्रीय सभापति सुनिल गुप्ता, रामप्रवेश यादव, उपसभापति सुरेन्द्र गुप्ता, सचिव हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, करैयामाई गांउपालिकाका अध्यक्ष भुनेश्वर धामी, नेविसंघका नेजामुदिन अंसारी लगायतकाले नेकपा र सरकारको रवैयाप्रति असन्तुष्टि जनांउदै सडक देखि सिंहदरबार तताउन नेपाली कांग्रेस तयार रहेको चेतावनी दिएका थिए ।

नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको सभापतित्वमा भएको कोणसभाको सञ्चालन नेपाल तरूणदल बाराका लुकेश सिंहले सञ्चालन गर्नु भएको थियो । यसअघि नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको विरोध प्रदर्शन कलैया नगरको विभिन्न भागको नगर परिक्रमा गर्दै भरत चोकमा पुगी कोणसभामा परिणत भएको थियोे ।

5830
Shares

ट्रेन्डिङ