सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द

भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द

7560
Shares
भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द

काठमाडौँ, २५ असार : केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् । केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले अनलाइनखबरसँग भने, ‘चितवन, कास्की र कञ्चनपुरमा बन्द भइसकेको छ ।’

विप्लव माओवादीले पनि हिन्दी च्यानलहरु, चलचित्रहरू र विज्ञापन बन्द गर्न उर्दी जारी गरिसकेको छ । बिभिन्न जिल्लाहरुमा सञ्चालित एफएमहरुले हिन्दी गीत बजाउनसमेत बन्द गरिसकेका छन् । नेपालमा अघोषित नाकाबन्दी गरेपछि भारत विरोधी भावना बढ्दै गएको छ । नेपालमा गरेको हस्तक्षेपको भारतीय नागरिकहरुले पनि विरोध गरिरहेका छन् ।

7560
Shares

ट्रेन्डिङ