सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • होलिका जलाएको खरानी लगाएर होली मनाउँदै थारु समुदाय   

होलिका जलाएको खरानी लगाएर होली मनाउँदै थारु समुदाय   

230
Shares
होलिका जलाएको खरानी लगाएर होली मनाउँदै  थारु समुदाय   

कञ्चनपुर । आदिवासी थारु समुदायले हिजो आइतबार साँझ ‘समत’ सम्पन्न गरेपछि आज सोमबार बिहानैदेखि खरानीको धुलो उडाउँदै फागु मनाउँदै छन् । 

समतलाई होलीका दहन भनेर अर्थ्याइए पनि कारी महतोको यसमा फरक मत छ । ‘समतलाई असत्य पराजित भएको दिनका रुपमा लिइन्छ ।

हिजो जलेको समतको आज बिहान सबेरै खरानीको धुलो उडाउँदै त्यसैको टीका लगाएर फागु मनाउने थारु समुदायको परापूर्वकालदेखि चल्दै आएको चलनलाई धुरहेरी भनिन्छ । ढोलक डम्फु बजाउँदै होली गित गाउँदै नाँच्दै टोल टोल पुगेर गाउँ गाउँ घुमेर फागु मनाउने गरिन्छ ।

रंगहरू नआउँदा पनि थारु समुदाय फागु मनाउँथे । समतको खरानीको धुलो उडाएर र टीका लगाएर नै फागुमा रमाउने चलन परापूर्वकालदेखि कायम रहेको हो ।

230
Shares

ट्रेन्डिङ