सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा क्वारेन्टाइन खाली, आइसोलेसन कहिले थप्ने ?

काभ्रेमा क्वारेन्टाइन खाली, आइसोलेसन कहिले थप्ने ?

7595
Shares
काभ्रेमा क्वारेन्टाइन खाली, आइसोलेसन कहिले थप्ने ?

धुलिखेल, ३२ साउनः काभ्रेमा क्वारेन्टाइन खाली हुदैँ गएका छन् भारतबाट आउनेको संख्या लगभग सकिएको र तेस्रो मुलुकबाट पनि तत्काल उद्धार नभएपछि जिल्लाका अधिकांश क्वारेन्टाइन रित्तिएका हुन् ।

१ सय ५२ वेड संख्या रहेको धुलिखेल क्वारेन्टाइनमा जम्मा १५ जना मात्रै रहेको जिल्ला कमाण्डपोष्टले जनाएको छ । धुलिखेल क्वारेन्टाइनमा धुलिखेल नगरपालिकासँगै चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाका सम्भावित कोरोना संक्रमितलाई राख्ने गरिएको थियो । चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाका क्वारेन्टाइन लामो समयदेखि खाली छन् । त्यस्तै १ सय १० वेडको रोशी क्वारेन्टाइनमा २७ जना रहेका छन् भने १ सय २ वेड संख्या रहेको तेमालको क्वारेन्टाइनमा १४ जना रहेका छन् ।

१ सय वेड संख्या रहेको मण्डनदेउपुर नगरपालिकामा ९ जना रहेका छन् । ६० वेडको पनौती क्वारेन्टाइनमा ११ जना रहेका छन् । ५० वेडको बनेपा क्वारेन्टाइनमा १४ जना रहेका छन् । त्यस्तै ४० वेडको पाँचखालमा १६ जना क्वारेन्टाइनमा रहेका छन् । ३० वेडको क्वारेन्टाइरहेको भुम्लुमा १० रहेका छन् । जिल्लामा कुल क्वारेन्टाइनको संख्या ८४५ वेड छ ।

काभ्रेमा जेठ २३ यता भारत बाहेकका ४२० जना आइपुगेका छन् । क्वारेन्टाइन खाली हुदैँ गएपनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । लामोसम्म कोरोना भाइरसका संक्रमित नभेटिएको काभ्रेमा पछिल्लो समय ह्वात्तै बढेको छ । हालसम्म ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृ’त्यु भएको छ ।

7595
Shares

ट्रेन्डिङ