सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृ’त्यु

धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृ’त्यु

8860
Shares
धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृ’त्यु

काभ्रे : भक्तपुर सुर्यविनायक ८ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराईरहेका एक ब्यक्तिको नि’धन भएको छ । मंगलबार राति ११:५५ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

मुुटु र थाईराईड रोगबाट समेत पीडित ५५ बर्षिय कोरोना संक्रमितको अ’न्त्ये’ष्टी नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शव’दाह गृहमा गर्ने तयारी गरेको छ । तीन दिन अघि अस्पतालमा भर्ना भएका ब्यक्तिलाई परिक्षणको क्रममा कोरोना समेत देखिएको थियो । कोरोनासँगै मुटु र थाईराईडको उपचार गराईरहेको अवस्थामा मंगलबार राति उहाँको नि’धन भएको अस्पतालले जानकारी दिएको छ ।

यस अघि धुलिखेल अस्पतालमा उपचारको क्रममा ९८ बर्षिय जेष्ठ नागरिकको नि’धन भएको थियो भने धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक जिल्ला घर भई कोरोना संक्रमण पुष्टी भएर उपचार नहुँदै सुत्केरी महिलाको निधन भएको थियो । कोरोनाबाट निधन हुनेमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका २ नागरिकको नि’धन भईसकेको छ । जिल्लामा संक्रमितको संख्या १ सय ६३ पुगेको छ ।

-नेपाल समाचार पत्र बाट

8860
Shares

ट्रेन्डिङ