सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भुम्लु गाउँपालिकासँग आफ्नो बैक्हो लोडर जेसिभी

भुम्लु गाउँपालिकासँग आफ्नो बैक्हो लोडर जेसिभी

6025
Shares
भुम्लु गाउँपालिकासँग आफ्नो बैक्हो लोडर जेसिभी

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले विकासमा निरन्तर फड्को मारिरहेको छ । विकट भौगोलिक क्षेत्र रहेर पनि स्थानीय तहको निर्वाचनपछि त्यहाँको नेतृत्वले विकासमा निरन्तर फड्को मारेको हो ।

भुम्लु गाउँपालिकामा १२ महिनाभरिनै त्यहाँको सडक लगायत विकास निर्माणको काम संचालन गर्नको लागि आवश्यक रहेको बैक्हो लोडर जेसिभी थ्रि डिएक्स लोडर खरिद गरेर सडक सफा गर्ने काम सुरु गरेको हो । गाउँपालिकाले हरेक बर्ष सडक सफा गर्ने कार्य लगायतका कामहरुको लाखौ रुपिया खर्च हुने देखिएपछि गाउँपालिकाले जेसिभी खरिद गरेर विकासको काममा सकृय बनेर लागेको गाउँपालिकाले जनाएको छ ।

मंगलबार गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवरले जेसिभी पुजा गरेर काम सुरु गर्नुभएको छ । उहाँले गाउँपालिकाको विकासको काममा अत्यावश्यक रहेको बैक्हो लोडर जेसिभी खरिद गरेर काम सुरु गरिसकेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कुंवरले गाउँपालिकाभरिको विकास निर्माणमा बैक्हो लोडर जेसिभी खरिद गरेसँगै सहज हुने विश्वास व्यक्त गर्नुभयो । बर्षादको समयमा सडकमा आउने पहिरोसँगै अतिआवश्यक कामहरु सो भ्याकुम लोडर खरिदसँगै सहयोग मिल्ने आशा स्थानीयले गरेका छन् ।

6025
Shares

ट्रेन्डिङ