सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते

काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते

6850
Shares
काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते

काभ्रे : बनेपामा आइतबार साँझ भएको मोटरसाइकल दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा परी काभ्रेको धुलिखेल नगरपालिका ८ भट्टीडाँडाका २८ बर्षका सत्यमान तामाङ र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ६ का हरिकृष्ण बस्नेतको मृ’त्यु भएको हो ।

बनेपा नगरपालिका ६ मा ना १२ प ७४२९ नम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको एफ जेड मोटरसाइकल एक आपसमा ठो’क्किएर दु’र्घटना भएको जिल्ला प्र’हरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

दु’र्घट’नामा घा’इते भएका दुबैलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा अस्पतालमै उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटनामा परी अन्य तीन जना घा’इते भएका छन् ।

घा’इते हुनेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ का बिकास बस्नेत, काभ्रेको धुलिखेल नगरपालिका ४ का १८ बर्षका अनिल मगर, उदयपुर कटारि ६ का १८ बर्षका सुबास मगर रहेका छन् ।

घा’इते बस्नेत नेपाली सेनामा कार्यरत छन् । उनलार्ई थप उपचारका लागि नेपाली सेनाको छाउनी अस्पतालमा रिफर गरिएको छ भने सुबास र अनिलको अवस्था सामान्य रहेको प्र’हरीले जनाएको छ ।

6850
Shares

ट्रेन्डिङ