सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५ लाख ५० हजार नगद लुटी फरार

५ लाख ५० हजार नगद लुटी फरार

1165
Shares
५ लाख ५० हजार नगद लुटी फरार

भैरहवा | रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका एकजना व्यापारी लुटिएका छन् । सम्मरीमाई गाउँपालिका–६ दयानगरस्थित सेमरा सडकखण्डमा उनीसँग रहेको नगद पाँच लाख लुटिएको प्रहरीले बताएको छ ।

मर्चवारी गाउँपालिका–३, रायपुर बस्ने ५० वर्षीय व्यापारी प्रकाश बरईलाई अज्ञात समूहले हतियार देखाएर रु पाँच लाख ५० हजार नगद लुटी फरार रहेको प्रहरीले जनाएको छ । भैरहवास्थित नबिल बैंकबाट रकम झिकी घर फर्किंदै गर्दा लुटेरा समूहले आज साँझ उक्त रकम लुटेको हो ।

1165
Shares

ट्रेन्डिङ