सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पत्रकार महासघ काभ्रे शाखाले मनायो २८ औ स्थापना दिवस

पत्रकार महासघ काभ्रे शाखाले मनायो २८ औ स्थापना दिवस

5215
Shares
पत्रकार महासघ काभ्रे शाखाले मनायो २८ औ स्थापना दिवस

काभ्रे : नेपाल पत्रकार महासघ काभ्रे शाखाले आज आफ्नो स्थापना दिवस मनाएको छ । शाखाको २८ औ स्थापना दिवसको अवसरमा वार्षिक साधाराण सभा समेत गरिएको महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिनुभयो ।

साधारण सभामा महासंघको जिल्ला शाखाले विगतका वर्षहरुमा गरेको आर्थिक,सांगठनिक गतिबिधि र पत्रकारहरुका लागी गरेको बिभिन्न गतिबिधिहरुका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा पत्रकार प्रदिप केसीलाई नगद सहित सम्मान गरिएको थियो । साथै महासंघले गरेको निर्णयहरुको पुस्तिाका समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा केन्द्रीय समितिका पदाधिकारीहरु,प्रदेशका समितिका पदाधिकारीहरु,,बाग्मती प्रदेशको बिभिन्न जिल्लाका अध्यक्षहरु एवमं अन्य पदाधिकारीहरु लागयत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

5215
Shares

ट्रेन्डिङ