सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ७ जना डिस्चार्ज

काभ्रेमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ७ जना डिस्चार्ज

3970
Shares
काभ्रेमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ७ जना डिस्चार्ज

काभ्रे : काभ्रे जिल्लामा कोरोना भाइरसका २२ जना संक्रमित थपिएका छन् । थपिनेमा धुलिखेल नगरपालिकाका ८ जना महिला र ७ जना पुरुष, पाँचखालका २ जना महिला र १ जना पुरुष र बनेपाका १ जना महिला र २ जना पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यसैगरी महाभारत गाउँपालिकामा १ जना पुरुष रहेका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ८७ पुगेको छ । यस मध्ये जिल्लामा हाल १ सय १८ जना संक्रिय संक्रमित रहेका छन् ।

गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३ हजार २७ जना पुगेको छ । हाल जिल्लामा १ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना जिल्लामा रहेकोे २ वटा अस्पताल आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

3970
Shares

ट्रेन्डिङ