सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बिहान १० बजे देखी ४ बजे सम्म विद्यालय संञ्चालन गर्न धुलिखेलको निर्देशन

बिहान १० बजे देखी ४ बजे सम्म विद्यालय संञ्चालन गर्न धुलिखेलको निर्देशन

5415
Shares
बिहान १० बजे देखी ४ बजे सम्म विद्यालय संञ्चालन गर्न धुलिखेलको निर्देशन

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिकाले बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म विद्यालय नियमित रुपमा संञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै नियमित रुपमा विद्यालय संञ्चालन गर्ने यस अघि नै निर्णय भएपनि तोकिएको समय सम्म विद्यालय संञ्चालन नभएको पाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुबेदीले जानकारी दिनुभयो ।

यस्तै विद्यालयमा शिक्षक तथा कर्मचारी नियमित नभएको समेत गुनासो सरोकारवालाहरुबाट आएकाले तोकिएको बमोजिम विद्यालय संञ्चालन गर्न निर्देशन दिईएको हो । विद्यालयले कार्ययोजना बनाई तोकिएको बमोजिम विद्यालय संञ्चालन नभएमा र शिक्षक तथा कर्मचारीको नियमितता नभएको पाईएमा कार्वाही समेत गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै शिक्षक स्वयम्लाई कोभिडको संक्रमण भएको वा उपचार गर्ने किसिमको अवस्थामा बाहेक अन्य काममा लागी शिक्षक तथा कर्मचारी लाई बिदा नदिन समेत भनेको छ । साथै विद्यालयको भौतिक अवस्थाको आधारमा सामाजिक तथा भौतिक दुरी कायम हुनेगरी कक्षा ब्यबस्थापन गर्न र स्वास्थय सुरक्षाका उपायहरु पालना गर्न गराउन समेत सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई आग्रह गरिएको छ ।

5415
Shares

ट्रेन्डिङ