सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • धुलिखेल हुँदै पाँचखाल जोड्ने ग्रामीण कृषि सडक उद्घाटन

धुलिखेल हुँदै पाँचखाल जोड्ने ग्रामीण कृषि सडक उद्घाटन

5910
Shares
धुलिखेल हुँदै पाँचखाल जोड्ने ग्रामीण कृषि सडक उद्घाटन

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका हुदै पाँचखाल जोड्ने ग्रामीण कृषि सडक उद्घाटन गरिएको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर ३ र २ हुदै पाँचखाल जोड्ने नयाँबस्ती कोटाभीर पौवाटार सडको उद्घाटन आज बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले गर्नुभएको हो ।

लम्सालले सडक निर्माण भएपछि स्थानीय किसानलाई ब्यवसायिक कृषि, तथा पशुपालन तर्फ उन्मुख अझ सहयोग पुग्ने सांसद लम्सालले बताउनुभयो । साथै उहाँले किसानद्वारा उत्पादन हुने तरकारी लगायतका कृषि सामाग्रीलाई बजार पुर्याउन सजिलो हुने र आय मूलक कार्यमा सडकलाई उपयोग गर्न समेत आग्रह गर्नुभयो ।

सडक निर्माणका लागि बागमती प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । निर्वाचनको बेला जनताको घरदैलोमा गरेको प्रतिबद्धता सडक निर्माणमा सहयोग गरी पुरा गरेको र सफल, समुन्नत नगर बनाउन ग्रामिण तथा शहरी भेगका जनताको भुमिका बरावर रहने सांसद लम्सालले बताउनुभयो । सडक निर्माण भएपछि त्यहाँ उत्पादित तरकारी बजार लैजान र आवत–जावत गर्न निकै सजिलो हुने भन्दै स्थानीय खुसी भएका छन् ।

5910
Shares

ट्रेन्डिङ