सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • धुलिखेलको रबिओपिमा लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास

धुलिखेलको रबिओपिमा लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास

8325
Shares
धुलिखेलको रबिओपिमा लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रबिओपिमा लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास गरिएको छ । वडाको छहरे खोला लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास नगर प्रमुख अशोक कुमार ब्यञ्जु श्रेष्ठले गर्नुभएको हो ।

रबिओपिको कृषि क्षेत्रलाई मध्यनजर गर्दै २ करोडको लागतमा सिंचाइ आयोजनाको निर्माण गर्न लागिएको हो । उक्त सिंचाइ आयोजनाबाट १ सय ५० हेक्टर जमिनमा सिचाई गर्न सकिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

साथै उहाँले लिफ्ट सिंचाइलाई गौरबको आयोजनको रूपमा बिकास गरि कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्नेमा जोड दिनुभयो । सिंचाइ आयोजना निमार्ण पछि त्यहाँका किसानलाई ब्यवसायी कृषि पेशा गर्न थप सहज हुने बिश्वास लिईएको छ ।

8325
Shares

ट्रेन्डिङ