सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेको रोशी देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपाको शिलान्यास

काभ्रेको रोशी देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपाको शिलान्यास

8370
Shares
काभ्रेको रोशी देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपाको शिलान्यास

 

 

काभ्रे : रोशी गाउँपालिका ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्तेन) को शिलान्यास, भूमि पूजा (सालाङ) कार्यक्रम सम्पन्न भएको छ ।

 

शान्ति जन आदर्श सेवा केन्द्रको आयोजना, रोशी गाउँपालिकाको सहयोग एवम निर्माण उपभोक्ता समन्वय समिति रोशी ११ को व्यवस्थापनमा रोशी ११ को देउराली डाडाँमा आज उक्त कार्यक्रम सम्पन्न हो ।

 

दुधमान तामाङको सभापतित्व, रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाको प्रमुख आतिथ्यता र शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङ्ख बुद्ध लामाको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको रोशी ११ का वडा अध्यक्ष मिलन लामाले जानकारी दिएका छन ।

 

कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष डि.वि. लामाले रोशी वासीको धार्मिक आस्थाका रुपमा निर्माण हुन लागिरहेको बुद्ध प्रतिमा र बौद्ध स्तुपाको छिटो भन्दा छिटो निर्माणको निम्ति आग्रह गर्दै यसका निम्ति पालिकाको तर्फबाट निभाउनु पर्ने भूमिकाको निम्ति एक रति पनि पछि नहट्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

 

रोशी गाउँपालिकाले सबै धर्म, जाती, भाषा, वर्गलाई सम्मान गर्दै रोशीमा भएका मठ मन्दिर, बौद्ध स्तुपाहरु सबैलाई साझा धार्मिक थलोको रुपमा लिइदिनको निम्ति आग्रह गरेका छन ।

 

कार्यक्रमका अवसरमा अध्यक्ष लामाले हामीले मान्ने जुनसुकै धर्म, जुन सुकै देवी देवता भएता पनि साक्षात भगवान् भनेको हामीलाई जन्म दिने आमा बाबु भएका बताउदै हामीले घरको भगवान्लाई पनि उच्च सम्मानका साथ व्यवहार गर्न आग्रह गरेका छन ।

 

त्यसैगरी उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले बौद्ध स्तुपा रोशीको निर्माणको निम्ति सहयोग प्रदान गर्नुहुने शान्ति जन आदर्श सेवा केन्द्र तथा समाज सेवी शङ्ख बुद्ध लामालाई विशेष धन्यवाद व्यक्त गर्दै निर्धारित समयमा निर्माणको निम्ति शुभकामना व्यक्त गरेकि छिन ।

 

 

 

कार्यक्रममा उक्त स्तुपा निर्माणको निम्ति गाउँपालिका अध्यक्ष डि.वि. लामाले व्यक्तिगत रुपमा ३४ हजार ५ सय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन भने वडा अध्यक्ष मिलन लामाले ब्यक्तिगत रुपमा २२ हजार सहयोग गरेका छन । अन्य समाजसेवी तथा स्थानीय निकायबाट पनि चन्दा संकलन भइरहेको वडा अध्यक्ष मिलन लामाले जानकारी दिएका छन ।

 

 

 

 

8370
Shares

ट्रेन्डिङ