सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ओली पक्षमा लागे खानीखोला गाउँपालिकामा नेकपाबाट निर्वाचित सबै जनप्रतिनिधि

ओली पक्षमा लागे खानीखोला गाउँपालिकामा नेकपाबाट निर्वाचित सबै जनप्रतिनिधि

8005
Shares
ओली पक्षमा लागे खानीखोला गाउँपालिकामा नेकपाबाट निर्वाचित सबै जनप्रतिनिधि

काभ्रे : काभ्रेको खानीखोला गाउँपालिकामा नेकपाबाट निर्वाचित सबै जनप्रतिनिधिले ओलीलाई समर्थन गरेका छन् । पालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष मान बहादुर गोलेले नेकपाबाट निर्वाचित सबै जनप्रतिनिधि एकताका साथ ओली पक्षको विस्तारित बैठक तथा जिल्ला भेलामा सहभागि हुने बताएका हुन् ।

ओली समूहले बनेपामा भोली विस्तारित बैठक तथा जिल्ला भेला गर्दै छ । त्यसैको पूर्वसन्ध्यामा पालिकाका प्रवक्ता गोलेले फेसबुक मार्फत नेकपाबाट निर्वाचित खानीखोला गाउँपालिकाका जनप्रतिनिधिहरु एकै ठाउँमा उभिने बताए ।

खानीखोला गाउँपालिकामा ७ वटा वडा छन् । त्यसमा एउटा वडा नेपाली काँग्रेस, २ वटा वडा पूर्वमाओवादी र ४ वटा वडा पूर्व एमालेले जितेको हो । पूर्वमाओवादीले जीतेको मध्ये एक वडाध्यक्ष सहितका जनप्रतिनिधि ओली समूहमा खुलेका छन् भने अर्को वडाध्यक्ष पनि भेलामा सहभागि हुने बताइएको छ ।

पालिकामा नेकपाका ३२ जना निर्वाचित जनप्रतिनिधि छन् । त्यस मध्ये सबैजसोले ओली समूह रोजेका छन् । यसअघि पालिका उपाध्यक्ष रुक्मणी गुरुङ माधव कुमार नेपाल समूहको भन्दै चर्चा गरिएको थियो । तर पालिका अध्यक्ष र उपाध्यक्ष सहित सिँगो टिमले ओलीलाई समर्थन गरेको हो ।

8005
Shares

ट्रेन्डिङ