सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा ओली र माधव समूह कार्यकर्ता तानातानमा ब्यस्त, दुई समूहको एकैदिन भेला

काभ्रेमा ओली र माधव समूह कार्यकर्ता तानातानमा ब्यस्त, दुई समूहको एकैदिन भेला

6105
Shares
काभ्रेमा ओली र माधव समूह कार्यकर्ता तानातानमा ब्यस्त, दुई समूहको एकैदिन भेला

काभ्रे : काभ्रेमा नेकपाको ओली समूह र माधव–प्रचण्ड समूहले कार्यकर्ता एकआपासमा तान्न हा’डबा’जी गरेका छन् । दुबै समूहले जिल्लामा एकैदिन कार्यक्रमको आयोजना गरेर कुन कार्यकर्ता कुन समूहमा छन् भन्ने बुझ्ने कोशिस समेत गरेका छन् ।

शुक्रबार दुबै समूहले बनेपामा समानन्तर भेला आयोजना गरेका हुन् । माधव–प्रचण्ड समूहले युवा विद्यार्थीको भेला गरेको हो भने ओली समूहले विद्यार्थीको मात्रै भेला गरेर नेतृत्व समेत चयन गरेको छ ।

माधव–प्रचण्डका कार्यकर्ताले संसद विघटन गर्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली वि’रुद्ध चर्को नारा लगाएका थिए । यसअघिको भन्दा माधव–प्रचण्ड समूहमा सहभागि हुनेको केहि बढी देखिएको थियो । माधव–प्रचण्ड समूहमा बोल्ने प्राय बक्ता भने जिल्ला बाहिरका केन्द्रिय नेता सहभागि थिए । माधव–प्रचण्ड समूहले आयोजना गरेको युवा विद्यार्थी भेलामा आमन्त्रण गरिएको अधिकांश बक्ताहरु पूर्व माओवादी खेमाका थिए ।

ओली समूहको विद्यार्थी भेलामा प्रमुख अतिथि ओली समूहका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटा थिए । भेलाले अनेरास्ववियु ओली समूहको जिल्ला संयोजकमा गोविन्द्र उप्रेती र सह संयोजकमा अशोक खनाललाई चयन गरेको छ । यसअघिका संयोजक उपेन्द्र शर्मा पनि ओली समूहमै छन् । उनी केन्द्रिय सदस्यमा मनोनित भइसकेका छन् ।

भेलाले २९९ सदस्यीय अधिवेशन आयोजक कमिटि समेत गठन गरेको छ । पूर्व एमालेमा विद्यार्थी संगठन अनेरास्ववियू निकै सशक्त संगठनको रुपमा चिनिने आएको थियो । तर पार्टी एकीकरणपछि लगभग गुमनाम बनेको थियो ।

6105
Shares

ट्रेन्डिङ