सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

5515
Shares
पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

काठमाडौं, फाल्गुन २२ः मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ र पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछ । तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ ।

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छध्र परीक्षण सफल भए दुुई महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ ।

सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु७थभलसयाए् वित्ण प्रणालीबाट ग्राहकका धामा पठाइनेछ ।

मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइप लाइन परीक्षण गरिने मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ । करिब एक हप्ताको परीक्षणपछि नियमित रूपमा पानी वितरण हुनेछ ।

मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइप लाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिउ ।

उन्का अनुसार नयाँ पाइप लाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

 

5515
Shares

ट्रेन्डिङ