सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमाले काभ्रेको बैठक: दुबै अध्यक्ष अनुपस्थित, बाँस्कोटाको २ घण्टा २० मिनेट भाषण

एमाले काभ्रेको बैठक: दुबै अध्यक्ष अनुपस्थित, बाँस्कोटाको २ घण्टा २० मिनेट भाषण

32350
Shares
एमाले काभ्रेको बैठक: दुबै अध्यक्ष अनुपस्थित, बाँस्कोटाको २ घण्टा २० मिनेट भाषण

एमाले जिल्ला कमिटी काभ्रेको बैठक आज बसेको छ । बैठकको अध्यक्षता एमाले पार्टी ईन्चार्ज गोकुल बाँस्कोटाले गरेका थिए । बैठकमा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष टोक बहादुर वाईबा र समानान्तर कमिटीका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ उपस्थित भएन् ।

बैठकमा करिब ५५ जना जिल्ला कमिटी सहभागी भएको बताईएको छ । तत्कालिन एमालेका ६२ सदस्य मध्ये ५९ जना ओली समूहका छन् । आजको बैठकमा माओवादीबाट रिता ढकाल, बिनोद गौतम, अस्मिता बराईली, राज कुमार क्षेष्ठ, हरि खतिवडा, बिष्णु मिजार (सागर), कुलदेव अस्तानी मगर, सुन्दर खड्का लगायत १० जना सहभागी भएको बताईएको छ ।

एमाले काभ्रेको जिल्ला कमिटी ७२ जनाको बनेको छ । जसमा माओवादीबाट १० जना जिल्ला कमिटी सदस्य समाहित भएका छन् । साबिक एमालेको जिल्ला कमिटी ६३ जनाको थियो । जसमा जिल्ला कमिटी सदस्य हरिदेव गिरीको निधन भएपछि ६२ जनामा सिमित छ ।

बैठकमा बाँस्कोटा २ घण्टा २० मिनेट
बैठकमा दुबै समूहको अध्यक्ष उपस्थित भएन् । बैठकको अध्यक्षता पार्टी ईन्चार्ज गोकुल बाँस्कोटाले गर्नुभएको थियो । बैठकमा अरू वक्ता पनि थिएन् । पार्टी कार्यालय बनेपामा भएको बैठकमा ईन्चार्ज गोकुल बाँस्कोटाले २ घण्टा २० मिनेट बोलेका थिए । बैठकको सुरूवात देखि अन्तिम पनि बाँस्कोटाले गरेका थिए । बाँस्कोटाले १२:३० बजेदेखि २:५० निरन्तर बोलेका थिए ।

बाँस्कोटाले राष्ट्रिय राजनीति र जिल्लाको स्थितिका बारे निरन्तर २ घण्टा २० मिनेट आफ्नो भनाई राखेको बैठकमा सहभागी एक जिल्ला कमिटी सदस्यले बताए । बाँस्कोटाले आगामी निर्वाचन र पार्टीको भूमिकाको बिषयमा आफुलाई बढी केन्द्रित गरेका थिए ।

त्यस्तै पार्टीमा मावध कुमार नेपालले पारिरहेको अप्ठ्यारो र एमाले एकताको बिषयलाई पनि महत्व दिएका थिए । ‘आगामी निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रको सम्भावित दृश्य देखि पार्टीमा माधव नेपाल समूहको भुमिका र एमाले एकताका बारे पछिल्लो प्रगतिका बिषयमा आफ्नो भनाई राख्नु भयो, यसले हामीलाई पनि पार्टीको आन्तरिक कुरा थाहा पाउन सजिलो भएको छ, ती जिल्ला कमिटी सदस्यले भने ।’

यस्तो छ बैठकको निर्णय
बैठकले पार्टी सदस्यता बिषयमा एउटा मात्रै निर्णय गरेको छ । सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य वितरण गर्ने निर्णय गरेको हो । अन्य विषयमा बैठकले कुनै निर्णय नगरेको बताईएको छ ।

६ बर्षको लेबी मध्य ३ बर्षको मिनाहा गर्ने निर्णय गरेको छ । १० हजार ९ सय क्रियाशिल सदस्य रहेका छन् । जिल्लाको १३५ वटै वडाहरूमा सदस्य नवीकरण र नयाँ सदस्य वितरण गर्ने निर्णय भएको छ ।

एमाले काभ्रेको २०७२ साल मंसिरमा नवौँ जिल्ला अधिवेशन भएको थियो । माओवादीसंग एकता नहुँदा एकपटक बैठक बसेको थियो । २०७५ साल जेठ ३ गते माओवादीसंग एकता भएपछि एक पटक बैठक बसेका थियो ।

32350
Shares

ट्रेन्डिङ