सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे धुलिखेल २ मा निशुल्क स्वास्थ्य सिविर, ८ सय ३१ जनाले सेवा लिए

काभ्रे धुलिखेल २ मा निशुल्क स्वास्थ्य सिविर, ८ सय ३१ जनाले सेवा लिए

2950
Shares
काभ्रे धुलिखेल २ मा निशुल्क स्वास्थ्य सिविर,  ८ सय ३१ जनाले सेवा लिए

 

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका २ मा निःशुक्ल स्वास्थ्य शिविर संचालन भएको छ ।

धुलिखेल नगरपालिका वडा नं २ को आयोजना, सारथी बहुउद्धेश्य सहकारी संस्था तथा सारथी फाउण्डेशन समन्वय र काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।

धुलिखेल नगरबासीको स्वास्थ प्रति चासो राख्दै “हेल्दि सिटी धुलिखेल“ अभियान अन्तर्गत शिविर संचालन गरिएको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी.ले जानकारी दिए ।

उनका अनुसार शिविर सेतिदेवी मा.वि ब्लक ए मा बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म संचालन भएको शिविरमा ८ सय २१ जनाले सेवा लिएका छन् ।

शिविरमा जनरल मेडिसिन,प्रसुति तथ स्त्री रोग सेवा,नाक,कान,आँखा तथा घाँटी को परिक्षण गरिने वडा अध्यक्ष देव प्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै हाड जोर्नी तथा नसा,छाला तथा यौन रोग,दन्त र बाल रोग सम्बन्धि सम्पूर्ण समस्याको निशुल्क सेवा दिएको स्वास्थ्य शाखा प्रमुख के.सी ले जनाकारी दिए ।

 

2950
Shares

ट्रेन्डिङ