सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आगामी निर्वाचनमा काभ्रेका दुवै क्षेत्रमा एमालेले सानदार तरिकाले जित्छ : नेता बाँस्कोटा

आगामी निर्वाचनमा काभ्रेका दुवै क्षेत्रमा एमालेले सानदार तरिकाले जित्छ : नेता बाँस्कोटा

3700
Shares
आगामी निर्वाचनमा काभ्रेका दुवै क्षेत्रमा एमालेले सानदार तरिकाले जित्छ : नेता बाँस्कोटा

काठमाडौंँ, १५ साउन : नेकपा एमालेका केन्द्रीय सदस्य आगामी निर्वाचनमा काभ्रेका दुवै क्षेत्र सानदार तरिकाले जित्ने बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेता बाँस्कोटाले आगामी निर्वाचनमा काभ्रेमा दुवै सिट नेकपा एमालेले जित्ने दावी गरेका हुन् ।

प्रेस चौतारी नेपाल काभ्रेले शुक्रबार बनेपामा आयोजना गरेको सदस्यता वितरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले आगामी निर्वाचनमा काभ्रेका दुवै क्षेत्र सानदार तरिकाले जितिने दावी गरेका हुन् ।

नेता बाँस्कोटा एमालेका त्यही थालमा खाएर त्यहि थालमा फोहोर गर्नेहरुले एमाले नबनाएको बताउँदै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल आफ्नै पार्टीको सरकारलाई काँग्रेस सभापति शेरबहादुर देउवाको हातमा सुम्पेको बताए ।

कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले बरिष्ठ नेता नेपालले माग गरे अनुसारको २०७५ जेठ २ गतेमा फर्कने लगायतका मागहरु पुरा गरेको बताउँदै पावर शेयरिङको विषयमा विधि, विधानमा उल्लेख नभएको दोस्रो अध्यक्ष नदिइने बताए ।

बास्कोटाले भने, उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा एमसिसिको अर्को आलोचना गर्ने प्रचण्ड तथा पार्टीभित्र कै केही नेताहरु एमसिसिको बारेमा के प्रतिक्रिया दिन्छन् भन्ने हेर्न बाँकी रहेको छ ।

‘एमसिसिको विषयका हिजोका दिनमा चर्को आलोचना गर्ने जनार्दशन शर्मा, पम्फा भुसालहरु के गर्नुुहुन्छ ? हिजो आफुले राष्ट्रघाती भनेको कुरा रातारात कसरी राम्रो बन्दो रहेछ हेर्न बाँकी छ’ उनले भने।

3700
Shares

ट्रेन्डिङ