सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धुलीखेलका कृषकलाई अनुदानमा कृषि औजार तथा बिउँ वितरण

धुलीखेलका कृषकलाई अनुदानमा कृषि औजार तथा बिउँ वितरण

6900
Shares
धुलीखेलका कृषकलाई अनुदानमा कृषि औजार तथा बिउँ वितरण

काभ्रे : जिल्लाको धुलिखेल नगरपालीकाले कृषकलाई अनुदानमा मिनिटिलर, कृषि औजार सहित सिजन अनुसारको बिऊ वितरण गरेको छ । नगरपनलीकाले वडा नंं.११ को कल्छे वेशि स्थित सिद्धबाबा कृषि सहकारीका कृषकहरुलाई उपकरण तथा बिऊ वितरण गरेको हो ।

आर्थिक बर्ष २०७७-७८ को कार्यक्रमअनुसार आइतबार आयोजित एक कार्यक्रममा नगरपालीकाले कृषकहरुलाईलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । नगरपालीकाको तरकारी पकेट क्षेत्र अन्र्तगतको ५० प्रतिशत अनुदानमा सो सामाग्री वडा अध्यक्ष बिष्णु धितालले बताए । तरकारी पकेट क्षेत्र अन्र्तगतका ६५ जना किसानहरुलाई कृषि सामाग्री तथा सिजन अनुसारका बिऊ वितरण गरेको अध्यक्ष धितालले बताए ।


कृषक समूह-सहकारीमार्फतका ६ जना किसनलाई मिनिटिलर (ट्रयाक्टर) वितरण गरिएको हो । साथै १० जना किसनलाई इलेक्ट्रिक पम्प र ५० जना किसनलाई सिजन अनुसारका बिऊ वितरण गरेको हो ।

कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्वन्धी कार्यक्रमहरु अघि बढाएको अध्यक्ष धितालले बताए । नगरपालिकामा जनप्रतिनिधि आएलगत्तै कृषि नीति तयार पारिएको र विभिन्न वडामा पकेट क्षेत्रहरु बनाएर कृषि उत्पादनलाई जोड दिदै आएको अध्यक्ष धितालले बताए ।

 

6900
Shares

ट्रेन्डिङ