सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्याब्सन बनेपाको नगर अधिवेशन सम्पन्न

प्याब्सन बनेपाको नगर अधिवेशन सम्पन्न

7020
Shares
प्याब्सन बनेपाको नगर अधिवेशन सम्पन्न

काभ्रे : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) काभ्रे बनेपाको दोस्रो नगर अधिवेशन आज सम्पन्न भएको छ । केन्द्रीय प्याब्सनका सचिव भिमसेन के.सी.को प्रमुख आतिथ्यतामा धुलिखेल स्थित एक रिसोर्टमा सम्पन्न भएको नगर अधिवेशनबाट कुमार मानन्धरको अध्यक्षतामा ७ सदस्यीय बनेपा नगर प्याब्सन कार्यसमिति सर्वसम्मतले गठन भएको छ ।

कार्यसमितिमा उपाध्यक्षमा महेन्द्र विष्ट, सचिवमा शरण मानन्धर, कोषाध्यक्ष जेन बादे र सदस्यहरुमा अनिता प्रजापति, नारायण जोशि र चन्द्र ताजपुरिया रहेका छन् । कार्यक्रमको विशेष अतिथिहरुमा केन्द्रीय प्याब्सनका सदस्यद्वय सत्यनारायण श्रेष्ठ र हिरा शर्मा नेपाल, प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्षद्वय महेन्द्र थिङ र भरत बहादुर के.सी., सचिव सुजेन्द्र श्रेष्ठ , कोषाध्यक्ष बसन्तराज नेपाल, पाँचखाल नगर प्याब्सनका अध्यक्ष डि. बि. ऐडी ,धुलिखेल नगर प्याब्सनका अध्यक्ष मुक्तिनाथ रिजाल, भिसोका अध्यक्ष छविरमण पराजुली समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सनका सचिव भिमसेन के.सी. ले निजी विद्यालयहरुले शिक्षालाई प्रविधि, संस्कार र संस्कृति सिकाउने गरि अघि बढाउनु पर्ने बताए । नेपालको निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानका बारेमा सरकारले बुझ्नुपर्ने उनको भनाई छ । उनले शिक्षा नीति परिवर्तन गर्न प्याब्सनले पहल गरिरहेको बताए । कार्यक्रम बनेपा नगर प्याब्सनको अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा सम्पन्न भएको हो ।

7020
Shares

ट्रेन्डिङ