सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा आफैले चलाएको बोलेरो पल्टिँदा प्रधानाध्यापकको निधन

काभ्रेमा आफैले चलाएको बोलेरो पल्टिँदा प्रधानाध्यापकको निधन

45555
Shares
काभ्रेमा आफैले चलाएको बोलेरो पल्टिँदा प्रधानाध्यापकको निधन

काभ्रे : आफैले चलाएको बोलेरो पल्टिँदा काभ्रेमा एक प्रधानाध्यापकको नि ध न भएको छ । गएराति बोलेरो पल्टिँदा घा ई ते हुनुभएका चौरीदेउराली गाउँपालिका वडा नम्बर ४ मा रहेको सरस्वती माध्यामिक विद्यालय छेडाका प्रधानाध्यापक कमल श्रेष्ठको उपचारको क्रममा नि ध न भएको हो ।

प्र ह रीका अनुसार प्रधानाध्यापक श्रेष्ठले हिजो दिउँसो ३ बजेतिर दोलालघाटबाट सामान लिएर आफ्नो घर तर्फ जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो बिचबाटोमै दु र्घ ट नामा परेको हो । बोलेरो भुम्लु गाउँपालिकाको वडा नम्बर ५ को जामुने खोला नजिक दु र्घ टना मा परेको थियो ।

बोलेरोमा प्रधानाध्यापक श्रेष्ठमात्रै सवार हुनुहुन्थ्यो । ४९ वर्षीय प्रधानाध्यापक श्रेष्ठको उपचारको क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दोलालघाटबाट सामान लोड गरेर हिड्नु भएका श्रेष्ठसंग केहि समयपछि सम्पर्क टुटेपछि परिवार र आफन्तले दोलालघाटबाट सामान लिएर गएको बोलेरोका चालकसंग सम्पर्क छुटेको खबर फलाँटे प्र ह री चौकीलाई दिए ।

आफन्त सहित फलाँटे प्र ह री चौकीले आफ्नो क्षेत्रको सबै सडक हेर्यो । दु र्घ ट ना भएको कतै फेला परेन । त्यसपछि सल्लेभुम्लु प्रहरी चौकीले खोज्दा जामुने खोलामा दु र्घ टना ग्रस्त अवस्थामा बोलेरो र प्रधानाध्यापक श्रेष्ठलाई प्र ह रीले फेला पारेको थियो ।

लगत्तै प्रहरीले घाईते प्रधानाध्यापक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठायो । उपचार सम्भव नभएपछि चिकित्सकहरूले प्रधानाध्यापक श्रेष्ठलाई आज बिहान मृत घोषणा गरे ।

सामानको लोडले भरिएको बोलेरो उकालो चड्न सकेन । दुर्घटना स्थलमा सडक पनि बिग्रिएको थियो । फोरह्वील लगाउने क्रममा उकालोमा रहेको बोलेरो पछाडि सर्यो र दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

45555
Shares

ट्रेन्डिङ