सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फेसबुकमा पैसा कमाउन सकिने !

फेसबुकमा पैसा कमाउन सकिने !

5125
Shares
फेसबुकमा पैसा कमाउन सकिने !

तपाईं-हामीले अत्यधिक चलाउने सामाजिक सञ्जाल फेसबुक अब कमाईको भाँडो पनि बन्ने भयो । फेसबुकले चाँडै यस्तो फिचर ल्याउँदैछ जसमा प्रयोगकर्तालाई भिडियो अपलोड गरेबापत पैसा दिइनेछ । यसमा केही शर्तहरु हुनेछन् जसलाई पूरा गरेमा भिडियो पब्लिसरले पैसा कमाउन सक्नेछ । यूट्यूवपछि यस्तो फिचर लन्च गर्ने फेसबुक पहिलो सामाजिक सञ्जाल बन्न लागेको छ ।
सञ्चारमाध्यमका अनुसार यदि कुनै प्रयोगकर्ताले अपलोड गरेको भिडियो अरुले १० सेकेन्डभन्दा बढी हेरे भने उसाई विज्ञापन प्राप्त हुनेछ । सो एडबाट हुने कमाई भिडियो अपलोड गर्ने व्यक्तिलाई दिइनेछ । यसलाई ‘मिड रोल एड फर्म्याट ‘ भनिन्छ ।
भिडियोबाट हुने कमाईको ५५ प्रतिशत हिस्सा अपलोड गर्नेलाई दिइनेछ भने ४५ प्रतिशत फेसबुकले राख्नेछ । यूट्यूवबाट भिडियो अपलोड गर्नेहरुले पनि यत्ति नै अनुपातमा रकम पाउने गर्छन् । यो विषयमा फेसबुकले अहिलेसम्म आधिकारिक जानकारी भने दिएको छैन ।
यसको अर्को शर्त के छ भने अपलोड गरिएको भिडियो कम से कम ९० सेकेन्डको हुनैपर्छ । साथै फेसबुकले भिडियो अपलोड गर्ने गाइडलाइन पनि दिन सक्छ । यसको मतलब कुनै भिडियोबाट पैसा कमाउन सकिन्छ त कुनैबाट सकिन्न ।
यसभन्दा अगाडि पनि फेसबुकले भिडियोमा धेरै प्रयोग गर्दै आएको छ । २०१५ मा एउटा बेग्लै भिडियो सेक्सन बनाइएको थियो र त्यसबाट पब्लिसरलाई पैसा कमाउने मौका दिइएको थियो । अघिल्लो वर्ष पनि ‘टेस्टिङ मिड रोल एड इन लाइभ भिडियो’ लन्च गरिएको थियो ।
फेसबुले भिडियो हेर्ने प्रयोगकर्ताहरुको बढ्दो रुचीलाई ध्यानमा दिएर नयाँ फिचर ल्याउन लागेको हो । २०१६ मा प्रतिदिन १० करोड प्रयोगकर्ताले भिडियो मात्रै हेरेका छन् जुन फेसबुकमा पहिलेदेखि अपलोड थिए । यी भिडियोको बीचमा कुनै प्रकारको विज्ञापन अहिलेसम्म आएको छैन ।

5125
Shares

ट्रेन्डिङ