सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमाले काभ्रेको पालिका अधिवेशन: कुन पालिकामा को अध्यक्ष ?

एमाले काभ्रेको पालिका अधिवेशन: कुन पालिकामा को अध्यक्ष ?

8330
Shares
एमाले काभ्रेको पालिका अधिवेशन: कुन पालिकामा को अध्यक्ष ?

काभ्रे :  देशभर एकसाथ पालिका अधिवेशन गर्ने एमालेको निर्णयअनुसार काभ्रेका १३ मध्ये दश वटा पालिकामा नेकपा एमालेको अधिवेशन सकिएको छ ।

मंगलबार बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा भुम्लु, चौरीदेउराली, महाभारत र तेमाल गाउँपालिकामा तोकिएकै मितिमा अधिवेशन सम्पन्न भएको हो ।

हेर्नुहोस कुन पालिकाको को अध्यक्ष ?

एमालेको पनौती नगर अध्यक्षमा हुमागाई र पाँचखालमा पौडेल
काभ्रेमा एमालेको मंगलबार भएको पालिका अधिवेशनको नजिता धमाधम आउन थालेका छन् । पनौती नगर कमिटीको अध्यक्षमा सुरेश हुमागाईं निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेकपा ( एमाले) पाँचखाल नगर कमिटी अध्यक्षमा बिष्णुहरि पौडेल सर्वसम्मत चयन हुनुभएको छ । नगर कमिटीको उपाध्यक्षमा भरत सापकोटा, सचिबमा प्रकाश ब्लोन, उपसचिबमा राधाकृष्ण श्रेष्ठ र नवीन लामा निर्वाचित हुनुभएको छ ।

एमालेको धुलिखेल नगर अध्यक्षमा दयाराम
धुलिखेल नगर कमिटीको अध्यक्षमा दयाराम महत निर्विरोध निर्वाचित हुनुभएको छ । नगर कमिटीको उपाध्यक्षमा सचिब बिष्णु धिताल (काभ्रेली) , उप सचिब चिनिमाया तामाङ निर्वाचित हुनुभएको छ ।

एमाले चौरीदेराली पालिकाको अध्यक्षमा लामा, महाभारतमा मोक्तान
काभ्रेको चौरीदेराली गाउँपालिकामा नेकपा एमालेको अध्यक्षमा जीतराम लामा सर्बसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार भएको पालिका अधिवेशनबाट लामा सर्बसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

लामा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । महाभारत गाउँपालिकामा भएका अधिवेशनबाट पालिका कमिटीको अध्यक्षमा जगत मोक्तानले निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश
एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश रञ्जित चयन हुनुभएको छ । मंगलबार भएको पहिलो नगर अधिवेशनले अध्यक्षमा रञ्जितलाई नगर कमिटी अध्यक्षमा चयन गरेको हो । अध्यक्षका लागि रञ्जित सहित ३ जनाले दाबी गरेपछि अधिवेशन लम्बिएको थियो ।

बनेपा नगर कमिटी अध्यक्षमा रञ्जित सहित सागर नाथ कपाली र रामशरण दाहालले दाबी प्रस्तुत गर्नु भएको थियो ।

भुम्लुमा कृष्ण मान र तेमालमा इन्द्रमान तामाङ अध्यक्ष 
पालिका अधिवेशनमा नेतृत्व चयनमा भैरहेको रस्साकस्सीका बीच भुम्लु र तेमाल गाउँपालिकामा एमालेले अध्यक्ष चयन गरेको छ । मंगलबार भएको पालिका अधिवेशनबाट भुम्लु गाउँपालिका कमिटी अध्यक्षमा कृष्ण मान तामाङ चयन हुनुभएको हो ।

अधिवेशनले तेमाल गाउँपालिका कमिटी अध्यक्षमा इन्द्रमान तामाङ चयन गरेको छ । तेमाल गाउँपालिकाका अध्यक्षमा इन्द्रमान तामाङ सहित कमिटीले पूर्णता पाएको जिल्ला पार्टी कार्यालय सचिब हरि मैनालीले जानकारी दिनुभयो ।

एमालेको हिजो भएको १० वटा वडामा पालिका अधिवेशन पनौती, पाँचखाल नगरपालिका, तेमाल, महाभारत, चौरीदेराली गाउँपालिकामा कमिटीले पूर्णता पाएको छ ।

एमाले मण्डनदेउपुर नगर कमिटी अध्यक्षमा डोटेल
नगर कमिटी नेतृत्वको लागि लामो रस्साकस्सीका बीच काभ्रेको मण्डनदेउपुर नगरपालिकामा शेर बहादुर डोटेलले बाजी मार्नु भएको छ । नगर कमिटी अध्यक्षमा सहमति हनु नसकेपछि झण्डझण्डै नगर अधिवेशन स्थगित गर्नु पर्ने अवस्थामा पुगेको थियो । तर राति अबेरसम्म बसेर नेताहरूले सहमति जुटाएका हुन् ।

मण्डनदेउपुर नगर अधिबेशनबाट अध्यक्षमा शेर बहादुर डाेटेल, उपाध्यक्षमा जित बाहादुर तामाङ, सचिबमा क, तुलसी नेपाल, उपसचिबमा सुमन नेपाल र राममणी सापकाेटा चयन हुनुभएको छ । अधिवेशनबाट ६५ सदस्य नगर कमिटी निर्बाचित भएको छ ।

 

 

 

8330
Shares

ट्रेन्डिङ