सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा नयाँ प्रावधान : यी क्षेत्रमा लगाइयो प्रतिबन्ध (आदेशसहित)

काठमाडौं उपत्यकामा नयाँ प्रावधान : यी क्षेत्रमा लगाइयो प्रतिबन्ध (आदेशसहित)

3040
Shares
काठमाडौं उपत्यकामा नयाँ प्रावधान : यी क्षेत्रमा लगाइयो प्रतिबन्ध (आदेशसहित)

 

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो को रो ना सं क्र मणदर रोकथाम गर्न नयाँ प्रावधान ल्याइएको छ । आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त प्रावधान ल्याएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार यही माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

यस्तै, माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न नपाइने भएको छ । गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न/गराउन पाइनेछ ।

भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना हुने गरी माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरूलाई मात्रै उपस्थित हुने गरी गराउन पाइनेछ ।

सार्वजनिक सवारीसाधनमा स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ । यी व्यवस्थाहरू आज राति १२ बजेदेखि लागु हुने प्रशासनले जनाएका छन् ।

काठमाडौं जिल्ला प्रशासनको आदेश पढ्नोस्–

[pdf-embedder url=”https://www.sabaikosamachar.com/wp-content/uploads/2022/01/काठमाडौं-जिल्ला-प्रशासनको-आदेश-पढ्नोस्–-1.pdf” title=”काठमाडौं जिल्ला प्रशासनको आदेश पढ्नोस्–”]

3040
Shares

ट्रेन्डिङ