सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेको नमोवुद्धमा जनता र जनप्रतिनिधिबीच अन्तर्क्रिया

काभ्रेको नमोवुद्धमा जनता र जनप्रतिनिधिबीच अन्तर्क्रिया

5025
Shares
काभ्रेको  नमोवुद्धमा जनता र जनप्रतिनिधिबीच  अन्तर्क्रिया

काभ्रे : नमोवुद्ध नगरपालिका वडा नम्बर ३ स्थित पञ्चकन्या युवा क्लवले जनता र जनप्रतिनिधिबिच अन्तर्क्रियाकार्यक्रम गरेको छ । नमोवुद्ध नगरपालिका–३ चापाचौरमा आयोजित कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । य

स्तै कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष रामशरण हुमागाँई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले भोग्नु परेका समस्या बारे जानकारी गराएका थिए भने सम्बन्धित व्यत्तिहरुले भइरहेका काम र आगामी कार्ययोजना बारे स्थानीयलाई जानकारी गराएका छन् ।

स्थानीय मिन बहादुर श्रेष्ठले वर्षौदेखी खानेपानीको समस्या भएपनि यसप्रति कसैले चासो नदिएको गुनासो गरेका छन् । पानीको लागि १ घण्टा हिड्नुपर्ने बाध्यता रहेको उनले बताए ।

यस्तै स्थानीय आइतसिं विशुंखेले सडक, खानेपानी र शिक्षाको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । महिलाहरुले सिपमुलक तालिम प्रदान गरी स्वरोजगारका कार्यक्रम सन्चालन गर्दै आर्थिक उन्नतीमा सहयोग गर्न नगरपालिकासँग आग्रह गरेका छन् ।

स्थानीयले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै वडा अध्यक्ष रामशरण हुँमागाँइले खानेपानीको समस्या समाधानका लागि सक्दो कोसिस गरिरहेको बताए । यो वर्ष नै स्थानीयलाई खानेपानी उपलब्ध गराउने योजना भएपनि तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाको संरचनामा पुगेको क्षतिले सम्भव नभएको उनको भनाई थियो ।

मेथिनकोटमा खानेपानी उपलब्ध गराउन अन्य विकल्पमा समेत छलफल भइरहेको वडा अध्यक्ष हुमागाईले बताएका छन् । प्रमुख प्रशासकिय अधिकृत पौडेलले खानेपानीको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्ने भुमिका खेल्ने बताएका छन् ।

यस्तै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पञ्चकन्या युवा क्लवले जनता र जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर आफ्नो ठाउँको विकासका लागि गरेको खबरदारीको प्रसंसा गरेका छन् ।

महत्वपुर्ण कार्यक्रम आयोजना गरेको भन्दै उनले क्लवका संयोजक पृथ्वी भुजेललाई नगरको लोगो अंकित खादा लगाएर अभिनन्दन समेत गरेका छन् । नगर प्रमुख तिमल्सिनाले आफुहरु निर्वाचित भएर आएपछि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरेका छन् ।

आफुहरुले पाँच वर्षमा गरेको उपलब्धि विशेष कार्यक्रम सहित आम नगरवासीलाई जानकारी गराउने उनले प्रतिवद्धता जनाए । अझै धेरै काम गर्न बाँकी रहेको भन्दै नगर प्रमुख तिमल्सिनाले जनताको खबरदारी र सुझाव कहिल्यै नभुल्ने बताएका छन् ।

पञ्चकन्यादेवी मन्दिरको अवलोकन
सोमबार नै नगर प्रमुख, वडा अध्यक्ष र स्थानीयले नमोवुद्ध–३ मेथिनकोटामा रहेको पन्चकन्यादेवी मन्दिरको वस्तुस्थितीबारे अवलोकन गरेका छन् । मन्दिर अवलोकन गर्दै नगर प्रमुख तिमल्सिनाले ऐतिहासिक महत्व बोकेको मन्दिर संरक्षणका लागि डिपिआर तयार गरेर काम अघि बढाउने बताएका छन् ।

स्थानीयले मन्दिर निर्माण गर्न र त्याहासम्म पुग्ने बाटो सहज बनाइदिन नगरप्रमुखलाई आग्रह गरेका थिए । उक्त मन्दिरमा हरिबोधनी एकादशी (ठुलो एकादशीको) दिन मेला लाग्दछ ।

5025
Shares

ट्रेन्डिङ