सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसको सभापतिमा तीर्थ लामाको उम्मेदवारी घोषणा

काभ्रे कांग्रेसको सभापतिमा तीर्थ लामाको उम्मेदवारी घोषणा

11965
Shares
काभ्रे कांग्रेसको सभापतिमा तीर्थ लामाको उम्मेदवारी घोषणा

 

नेपाली कांग्रेस काभ्रेको सभापतिमा उम्मेदवारी घोषणा गरिएको छ । आगामी १४ औँ महाधिवेशनका लागि तीर्थ लामाले जिल्ला सभापतिमा उम्मेरदवारीको घोषणा गरेका हुन् ।

आज बनेपामा एक कार्यक्रमकाबिच शिव–तीर्थ प्यानलले आगामी सभापतिका लागि लामालाई सभापतिको उम्मेदवारमा घोषणा गरेको हो ।

जसअनुसार जिल्ला सभापतिमा तीर्थ लामा क्षेत्र नं १ को सभापतिमा दिनेश लामा,सचिवमा किशोर गिरी,विद्या सागर लामा,सहसचिवमा पदम बहादुर लामा,गणेश अधिकारी रहेका छन् ।

त्यस्तै प्रदेश सभा (क) को सभापतिमा राम योन्जनले उम्मेरदवारी दिएका छन् । उप सभापतिमा चन्द्रलाल दोङ,सचिवमा नवराज दाहाल,दावा फेन्चु लामा,सहसचिवमा बसन्त तामाङ र गोकुल भुर्तेलले उम्मेरदवारी घोषणा गरेका छन् ।

यस्तै प्रदेश सभा (ख) मा सभापतिका लागि चन्द्र बहादुर तामाङको उम्मेरदवारी परेको छ । भने उपसभापतिमा सुदर्शन अधिकारी,केशव बन्जरा,सचिवमा रुपक महत,सहसचिवमा विनोद तिवारी र राम बहादुर घ्यावाले उम्मेरदवारी घोषणा गरेका छन ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ को सभापतिमा सुन्दरमणि आचार्यको उम्मेरदवारी रहेको छ । सचिवमा राम जोशी,आनन्द सापकोटा रहेका छन् । त्यसैगरी प्रदेश सभा ( क) मा सभापतिका हेम लामाको उम्मेरद्धवारी रहेको छ । उपसभापतिमा जीवन खड्का,सचिवमा उध्दव प्रसाद पौडेल, दमन अधिकारी,सहसचिवमा रमिला बानियाँ र आशाकाजी श्रेष्ठको उम्मेरदवारी छ ।

त्यसैगरी प्रदेश सभा ( ख ) को सभापतिमा भगवान अधिकारी,उपसभापतिमा तारामान लामा,उपसभापतिमा कुमुदा वैध्य,सचिवमा गिता प्रसाद दुलाल,रामहरि दाहाल सहसचिवमा हरि थापा र दिपक लामिछानेले उम्मेरदवारीको घोषणा गरेका छन् ।

11965
Shares

ट्रेन्डिङ