सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • पनौती जेसीजद्धारा सुस्तरी मोटरसाइकल प्रतियोगीता

पनौती जेसीजद्धारा सुस्तरी मोटरसाइकल प्रतियोगीता

1765
Shares
पनौती जेसीजद्धारा सुस्तरी मोटरसाइकल प्रतियोगीता

पनौती जेसीजद्धारा सुस्तरी मोटरसाइकल प्रतियोगीता सम्पन्न भएको छ ।

२०८० कार्तिक २७ गतेका दिन पनौती ७ स्थित लायकु डबलीमा पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा रहत सहयोग र विस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न भन्ने मूल नाराका साथ सुस्तरी मोटरासाइकल प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले गर्नुभएको थियो भने २७ जना प्रतिस्पर्धी रहेका थिए ।
द्रुत गतिबाट हुने दुर्घटनाकोबारेमा जनचेतना जगाउन र उठेको रकम पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा रहत सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनौती जेसीजका अध्यक्ष जेसी राजेन्द्र महाजुले जानकारी दिनुभयो ।
पनौती पर्यटन विकास केन्दका अध्यक्ष पुरुषेत्तम कर्माचायले नविनतम कार्यक्रमले नव युवाहरुले आफ्नु यात्रामा हतार नगरी यात्रा गर्न अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा बुद्धिराम नापित प्रथम, सिजन सुधाकार दितिय र हरिसुन्दर भुजु तृतिय भएका थिए । कार्यक्रमको पुरस्कारको व्यवस्था पनौती पर्यटन विकास केन्द्रले सौजन्य गरेको थियो । कार्यक्रमको संयोजक जेसी सिजन सुधाकारले पनौती जेसीजले सन २०१० देखि पनौतीमा सुरु गरि ट्राफिक जनचेतना जगाउने उद्देश्यले आयोजना भएको र सहभागी र सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो । तिहार, नेपाल सम्वत ११४४ र छठ पर्वको शुभ अवसरमा यही मिति २०८० कार्तिक २७ गतेका दिन पनौती ७ स्थित लायकु डबलीमा सम्मान तथा सास्कृतिक कार्यक्रम पनौती न.पा. वडा नं ७ का आयोजना गरिएको हो ।
सो अवसरमा पनौती न.पा. वडा नं ७ का जेष्ठ नागरिक १०४ वर्षका सुमित्रा देउला र ९४ वर्षका रामलाल कर्माचार्यलाई सम्मान गरी उहाहरुको सुस्वास्थ र दिर्घायुको कामना गरिएको थियो ।
पनौतीका स्थानीय कलाकारबाट विभिन्न नाच र गायकबाट गित प्रस्तुत गरि सास्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको थियो ।

1765
Shares

ट्रेन्डिङ