सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दुई वर्ष पछि लाग्यो काभ्रेको नमोबुद्धमा कार्तिक पूणीमामा मेला

दुई वर्ष पछि लाग्यो काभ्रेको नमोबुद्धमा कार्तिक पूणीमामा मेला

5180
Shares
दुई वर्ष पछि लाग्यो काभ्रेको नमोबुद्धमा कार्तिक पूणीमामा मेला

 

काभ्रेपलाञ्चोक : काभ्रेको नमोबुद्ध नगरपालीका वडा नं. ११ मा कार्तिक पूणीमाको मेला लागेको छ । बौद धर्मालम्विहरुको विशेष यस मेलामा लाखौँको संख्यामा भक्त जनहरुको सहभागीता रहेको थियो ।

हरेक वर्षको कार्तिक शुक्ल पूणीमाको दिन नमोबुद्धको परिसरमा मेला लाग्दै आएको छ । तामाङ समुदाय र नेवार समुदायहरुले उक्त स्थानमा आजको दिन पितृहरुको आत्मा शान्ति हुने भन्दै र धार्मीक आस्था रुपमा पूणीमाको अघिल्लो दिन देखि पूर्णीमाको दिन सम्म दिप प्रज्वलन गरी पितृ उद्धार हुने आस्था राख्दै लाखौँ भक्त जनहरुले पुजा आजा गरी आजको दिनमा मनाउदै आएको पाइन्छ ।

कोरोना महामारीका कारण बितेका दुई मेला रोकिएपछि यो बर्ष नमोबुद्धको मेलामा घुँइचो बढेको देखिन्छ । बितेको दुई बर्ष औपचारिक पूजाअर्चना गरी जात्रा मनाइएको नमोबुद्ध घ्याङ गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताए । मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तिबाल्ने गरिन्छ । बर्षेनी पितृलाई बत्ति बाल्ने गर्थे

विशेष गरी तामाङ र नेवार समुदायका धर्मालम्बीहरुले मेला भर्ने नमोबुद्धका मूल लामागूरु सानुकान्छा लामाले बताए । उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छ टपटि एको सुत्केरी बघिनीलाई आफ्नो र ग त र शरीरको मासु का ट्दै खुवाएर आफुले देश त्याग गरी जीवन प्रदान गरेको र सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिका दिन ठूलो मेला लाग्ने गरेको नमोबुद्धका मूल लामागूरुले बताए ।

कोभिड १९ का कारण गत २ वर्ष भने सो मेला लाग्न सकेको थिएन यस वर्ष भने कोरोनाको महामारी कम भए संगै मेलाको आयोजना गरीएको हो । मेलामा विभिन्न स्थानबाट आएका भक्त जनहरुको सेवा र सुविधाको लागी प्र ह री तथा स्थानीय युवाहरु परिचालन गरेको स्थानीय युवा, समाज सेवि राकेश लामाले बताए । लामाका अनुसार आज काभ्रे लगाएत विभिन्न जिल्ला भक्त जनहरु आउने गरेको बताए ।

5180
Shares

ट्रेन्डिङ