सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवालाई सभापति तीर्थ लामाको टोलीले किन भेट्यो ? कारण यस्तो छ

प्रधानमन्त्री देउवालाई सभापति तीर्थ लामाको टोलीले किन भेट्यो ? कारण यस्तो छ

9450
Shares
प्रधानमन्त्री देउवालाई सभापति तीर्थ लामाको टोलीले किन भेट्यो ? कारण यस्तो छ

 

काभ्रे काँग्रेसका नवनिर्वाचित जिल्ला सभापति तीर्थ लामाको टोलीले बुधबार केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेको छ । भेट लगत्तै सार्वजनिक गरिएको फोटोले काभ्रे काँग्रेसमा तरंग सिर्जना गरिदिएको छ ।

बुधबार बिहान मात्रै जिल्ला कार्य समितिको बैठकबाट नेता शिव हुमागाईको सह महामन्त्री पदमा उम्मेदवारी संस्थागत रुपमा अनुमोदन गरे लगत्तै सभापति लामा आफु निकटका निश्चित ब्यक्तिका साथ देउवालाई भेट्न सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।

यसअघि सभापतिमा निर्वाचित भएको दोस्रो दिनमै लामा देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो । त्यो भेटपछि देउवासँग सिधा सम्पर्क भएका काभ्रे काँग्रेसका नेता भनेकै तीर्थ लामा मात्रै हुन् । सभापति लामाले चाहेको बेला देउवाले भेटका लागि समय दिन्छन् भन्ने सन्देश दिइसकेका छन् ।

बुधबार बिहान कार्यसमिति बैठकले हुमागाईको उम्मेदवारीलाई अनुमोदन गर्नु र दिउँसो देउवालाई भेट्न पुग्नुले धेरै अर्थ राख्ने काभ्रे काँग्रेसका नेताहरु बताउँछन् । भेटमा काभ्रेको विकास निमार्णभन्दा पनि १४ औँ महाधिवेशन र हुमागाईको उम्मेदवारीको बारेमा कुरा भएको भेटमा सहभागि एक नेताले बताए ।

काभ्रेमा प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्रदेखि जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा पूर्व लगभग शिव र तीर्थ चिडिएका थिए । तर देउवा निवास बुढानिलकण्ठमा हुमागाई र लामाबीच वान टु वान वार्ता भएपछि एउटै समूह बनाएर जिल्लाको निर्वाचनमा होमिने सहमति बनेको थियो ।

त्यहि बेला नै हुमागाईलाई सह महामन्त्रीको उम्मेवार देउवा समूहबाट बनाउने सहमति भएको बताइएको छ । यदीप यस बारे दुबै नेताहरुले मुख खोलेका छैनन् । तर आज देउवालाई भेट्न पुगेपछि सहमति थियो भन्ने कुरा चाँहि पुष्टि गरेको छ ।

देउवालाई भेट्न सभापति तीर्थ लामा, जिल्ला सचिब गुणराज मुक्तान, भुम्लु पालिकाका सभापति दावा लामा, नेताहरु रोशन लामा, चन्द्र लामा, बिक्रम गौतम हरि बहादुर लामा लगायत पुग्नुभएको थियो ।

 

9450
Shares

ट्रेन्डिङ