सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

4265
Shares
काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

 

काठमाडौँ, मङ्सिर २९ :  र्‍यापर बालेन शाहले काठमाडौं महानगर पालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् ।

नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा उक्त पदमा उम्मेदवारी दिने शाहले फेसबुकमार्फत जनाएका हुन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

उनले लेखेका छन्, ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं ।’

‘मैले यसबारे सोचेको दुई/तीन वर्ष अगाडिदेखि नै हो । अब चुनाव आउन ४/५ महिना बाँकी छ । सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए । मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो । मेरो घर परिवार, जनता, देशलाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो ।

बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु । मानिस खुसी हुनुपर्‍यो,’ उनले भने, ‘मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु । मैले भनेको कुरामात्र हुनुपर्छ भनेर लाग्दिनँ । मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।’

संगीतमार्फत पनि खुसी बनाउन सकिन्थ्यो नि ? भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘१२ वर्ष भयो संगीतमार्फत सामाजिक विषयवस्तु, सरकारीदेखि देशको कुरा उठाएँ ।

जनचेतना फैलियो । मलाई शक्ति चाहिँदैन थियो होला । तर शक्तिमा गएर मैले जनताका लागि केही गर्न सक्छु कि भन्ने सोचाइ हो ।’

 

4265
Shares

ट्रेन्डिङ