सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेलमा ‘योमरी फेष्टिबल’ हुने

काभ्रेको धुलिखेलमा ‘योमरी फेष्टिबल’ हुने

4350
Shares
काभ्रेको धुलिखेलमा ‘योमरी फेष्टिबल’ हुने

 

काभ्रेको सदरमुकाम धुलिखेलमा ‘योमरी फेष्टिबल’ हुने भएको छ ।

यहि पुस ४ गते योमरी पुन्हीको अवसर पारेर ‘योमरी फेष्टिबल’ को आयोजना गरिएको हो । धुलिखेलमा रहेका लशः कुश युवा क्लबले ‘योमरी फेष्टबल’ को आयोजना गरेको हो ।

धुलिखेलको नाराणस्थानमा ‘योमरी फेष्टिबल’ हुनेछ । नेवारी परम्परा सहितको लाखे नाथ ‘योमरी फेष्टिबल’ को विशेष आकर्षण हुने लशः कुश युवा क्लबका सल्लाहकार ओम श्रेष्ठले जानकारी दिनुभयो ।

लशः कुश युवा क्लबले आफ्नो संस्कार, सस्कृति जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । धुलिखेल नगरपालिकाको ५, ६ र ७ नम्बर वडामा नेवार समुदायको निकै बाक्लो बसोबास छ ।

तर पछिल्लो समय धुलिखेलमा ‘योमरी’ निकै लोप हुँदै गइरहेको छ । धुलिखेलमा योमरी लोप हुन नदिन र यसको महत्व घुम्न आउने आन्तरिक तथा बाह्य पटर्यकहरुलाई समेत दिने उद्देश्यले ‘योमरी फेष्टिबल’ को आयोजना गरिएको लशः कुश युवा क्लबले जनाएको छ ।

योमरी नेवारी समुदायको महत्वपूर्ण परिकारभित्र पर्छ ।

 

4350
Shares

ट्रेन्डिङ