सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आज नेपालबाट पनि हेर्न सकिने छ उल्का वर्षा ,  कतिबेला हेर्ने ?

आज नेपालबाट पनि हेर्न सकिने छ उल्का वर्षा ,  कतिबेला हेर्ने ?

1315
Shares
आज नेपालबाट पनि हेर्न सकिने छ उल्का वर्षा ,  कतिबेला हेर्ने ?

काठमाडौं । नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देखिने भएको छ ।

बिहीबार राति देखिने यो उल्का वर्षालाई खगोलविदहरुले ‘जेमिनिड्स’ नाम दिएका छन् । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ ।

आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक रहने छ ।

के हो उल्का वर्षा ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् जसलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली बोलिचालीमा ‘तारा खसेको’ वा उल्कापात पनि भन्ने गरिन्छ ।

नेपालबाट कति बेला अवलोकन गर्न सकिन्छ ?

नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।

1315
Shares

ट्रेन्डिङ