सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकी महिलामाथि गो ली प्र हा र

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकी महिलामाथि गो ली प्र हा र

2770
Shares
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकी महिलामाथि गो ली प्र हा र

 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गो ली प्र हा र भएको छ ।

 

गो ली लागेर घा इ ते ती महिला अस्पतालमा भर्ना भएकी छन् ।उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गो ली प्र हा र भएको हो ।

खुट्टामा गो ली लागेर घा इ ते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गो ली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् ।

प्र ह रीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घ ट ना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् ।

रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गो ली हानिएको बताएकी छन् ।

‘म बोलेरो चढेर फर्किंदै थिएँ । तीन जना व्यक्ति ओभरटेक गरेर म चढेको गाडी रोके र गाली गर्दै ह त्या गर्ने ध म्की दिए,’ उनले भनेकी छन्, ‘उनीहरुले मेरो गाडी चालकको कन्चटमा पेस्तोल राखेका थिए ।

मैले एक जनालाई गालामा हिर्काएँ, त्यसपछि उनीहरुले ममाथि गो ली चलाएर भागे ।’

 

 

2770
Shares

ट्रेन्डिङ