सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • तीन जना विद्यार्थीलाई छात्रावृत्ती प्रदान

तीन जना विद्यार्थीलाई छात्रावृत्ती प्रदान

5025
Shares
तीन जना विद्यार्थीलाई छात्रावृत्ती प्रदान

बनेपा, १५ साउन (इन्द्र बहादुर थापा) । विदेशी भूमिमा रगत पसिना बगाईरहेका नेपालीहरूले संकलन गरेको रकमले खानीखोला गाउँपालिकाका आर्थिक स्थिती कमजोर भएका तीन जना छात्राहरूलाई उच्च शिक्षा हाशिल गर्न भन्दै प्रति व्यक्ति सत्रहजार पाँचसयका दरले छात्रावृती प्रदान गरेका छन् । वैम्ली मगर महिला कम्यूनिटी यूके र विष्णु मगरको आर्थिक सहयोगमा तथा तिब्बत दर्लामी मगरको संयोजकत्वमा शनिवार बनेपामा सहयोग रकम हस्तान्तरण गरेका हुन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ काभ्रेका अध्यक्ष उजाड रक्तिमले छाछावृत्ती रकम हस्तान्तरण गर्दै विदेशमा बसेर रगत पसिना बगाई संकलन गरेर पठाएको रकम सहि ठाउमा सदुपयोग गर्न आग्रह गरेका छन् ।
रकमलाई ज्ञान र शिक्षामा बदली प्रगती गर्न समेत रक्तीमले आग्रह गरेका छन् । विगतमा विभिन्न व्यक्तिहरूलाई गरेको सहयोगहरूको सम्झना गर्दै नेपालीहरू वैगुनी हुन्छन् त्यसरी वैगुनी नभइदिन र सहयोगलाई उर्जामा बदलेर अगाडी बड्न अनुरोध गरेका थिए । विदेशबाट सहयोग आएको रकम मैले मेरो खानीखोला गाउँपालिकाका निम्न आर्थिक भएका तीन छात्राहरूलाई छात्रावृत्ती रकम हस्तान्तरण गरेको हु । आफन्त भन्दा पनि निम्न आर्थिक भएकालाई प्रदान गरेको हु संयोजक तीब्बत दर्लामी मगर बताउछन् । गाउँमा खेती किसानी गरेर आफ्ना छोरा छोरीलाई पढाउने अभिभावकले यो सहयोग गरे पश्चात बोका बाख्रा बेचेर छोरीहरूलाई भर्णा गर्न ल्याउन नपर्ने विश्वास आफूले लिएको संयोजक दर्लामीले बताएका छन् ।
जनविकास उच्च माध्यामीक विद्यालय तालढुङ्गाबाट एस ई ई पास गरेकी साविक साल्धारा गा.वि.स.तथा हाल खानीखोला गाउँपालिका वडा नम्बर ६ का चमेली पुलामी मगर, जनहीत माध्यामीक विद्यालय मिल्चेबाट एस ई ई पास गरेका द्वय साविक मिल्चे गाविस तथा हाल खानीखोला गाउँपालिका वडा नम्बर ७ का सस्मीता पुलामी मगर र साविक सालधारा गाविस तथा हाल खानीखोला वडा नम्बर ६ की सरस्वती राना मगरले छात्रावृत्ती पाएका हुन । तीन जना मध्य सरस्वती राना मगरले इन्द्रेश्वर क्याम्पस पनौतीमा भर्णा भई सकेको र दुई जना भर्णा गर्न बाकी रहेका छन् ।
हामी अत्यन्त खुसी छौँ । हामी यो सहयोग जीवनमा कहिल्यै विर्सदैनौ । यो सहयोगले हाम्रो भविस्य अवस्य चम्काउने छौँ । यो सहयोगको सदैव कदर गरीरहन्छौँ । र तीब्बत दर्लामी, उजाड सर लगायतलाई धन्यवाद दिन चाहन्छौं र अझ बढी हामी लाई सहयोग रकम पठाउनुहुने संस्था वैम्ली मगर महिला कम्यूनिटी यूके र विष्णु मगरलाई धन्यवादका साथ आभार प्रकट गर्दछौं विद्यार्थीहरुले बताएका छन् ।

5025
Shares

ट्रेन्डिङ