सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे एमाले अधिवेशनमा गोकुल बाँस्कोटाको पनि डमी

काभ्रे एमाले अधिवेशनमा गोकुल बाँस्कोटाको पनि डमी

8315
Shares
काभ्रे एमाले अधिवेशनमा गोकुल बाँस्कोटाको पनि डमी

 

काभ्रे, २३ पुस :  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को शुक्रबार ६१ जिल्लामा जिल्ला अधिवेशन सुरू भएको छ।

एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भर्चुअल सम्बोधन गर्दै अधिवेशनको उद्घाटन गरेका छन्।

ओलीले भर्चुअल उद्घाटन गरे पनि जिल्ला-जिल्लामा भौतिक रूपमा कार्यक्रम आयोजना गरिएका छन्।

काभ्रेको धुलिखेलस्थित सामुदायिक खेल मैदानमा भएको एमालेको जिल्ला अधिवेशनमा भने फरक दृश्य देखिएको छ। अधिवेशन स्थलमा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे इन्चार्ज गोकुल बाँस्कोटाको डमी राखिएको छ।

यसअघि एमालेका कार्यक्रमहरू अध्यक्ष केपी शर्मा ओलीका डमीहरू राख्ने गरिन्थ्यो। धुलिखेलमा ओलीसहित पूर्वमन्त्री बाँस्कोटाको डमी राखिएको हो।

तत्कालीन सञ्चार मन्त्री बाँस्कोटा अध्यक्ष ओलीका विश्वास पात्र हुन्। मन्त्री हुँदा ७० करोड घोटालाको आरोप लागेपछि उनले राजीनामा दिएका थिए।

बाँस्कोटा काभ्रेबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

 

 

8315
Shares

ट्रेन्डिङ