सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमाले काभ्रे अधिवेशन: मतदान सम्पन्न

एमाले काभ्रे अधिवेशन: मतदान सम्पन्न

5630
Shares
एमाले काभ्रे अधिवेशन: मतदान सम्पन्न

 

काभ्रे : एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न भएको मतदान सकिएको छ ।

मतदानमा १३ सय ६३ मत खसेको एमाले काभ्रेले जानकारी दिएको छ । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । अधिवेशनमा १४ सय ३५ जना प्रतिनिधि थिए ।

उपाध्यक्ष, सचिव, उपसचिव सहित बाँकी ७९ पदका लागि मतदान भएको थियो ।

२ सय २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गरेका छन । मतदान धुलिखेल नगरपालिकाको सभाहलमा भएको हो ।

मतदान आज बिहान ९ बजेदेखि सुरू भएको थियो ।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

 

 

 

5630
Shares

ट्रेन्डिङ