सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा धमाधम विद्यालय बन्द गर्दै स्थानीयतह

काभ्रेमा धमाधम विद्यालय बन्द गर्दै स्थानीयतह

6495
Shares
काभ्रेमा धमाधम विद्यालय बन्द गर्दै स्थानीयतह

 

काभ्रे :  जिल्लाको तेमाल गाउँपालिकाले भोलीदेखि पालिका भित्रका विद्यालयलाई बिदा दिने भएको छ । पालिकाले आज एक सूचना जारी पौष गर्दै २८ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

को रो ना भाइरससंगै ओ मि क्रो न भेरियन्टको स ङ क्रम णसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी भोली पौष २८ देखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

सोही निर्णय अनुसार पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न लागिएको तेमाल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केदारप्रसाद ढकालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाअनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि सूचना मार्फत नै आग्रह गरिएको छ । बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप लगाउनु पर्ने भएमा विद्यालय प्रशासनमा सम्पर्क गर्न पालिकाले आग्रह समेत गरेको छ ।

 

 

 

त्यस्तै रोशी गाउँपालिकाले पनि पालिका भित्रका विद्यालयलाई बिदा दिने भएको छ । पालिकाले हिजो एक सूचना जारी पौष गर्दै २८ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

यता धुलिखेल नगरपालिकाले पनि नगरपालिका भित्र रहेका सबै विद्यालय माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी पौष गर्दै भोलि २८ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

 

 

भुम्लु गाउँपालिकाले भने हिजोनै सूचना गरि गर्दै आज बाट पालिकामा रहेका सम्पूर्ण विद्यालयलाइ बिदा दिइसकेको थियो ।

 

6495
Shares

ट्रेन्डिङ