सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अर्को सूचना जारी नहुँदासम्म १२ बर्षे मकर मेला स्थगित: पनौती नगरपालिका

अर्को सूचना जारी नहुँदासम्म १२ बर्षे मकर मेला स्थगित: पनौती नगरपालिका

11560
Shares
अर्को सूचना जारी नहुँदासम्म १२ बर्षे मकर मेला स्थगित: पनौती नगरपालिका

 

काभ्रेको पनौती नगरपालिकामा लाग्ने ऐतिहासिक १२ बर्षे मकर मेला अन्ततः स्थगन भएको छ ।

यहि माघ १ गतेदेखि माघ महिना भर १२ बर्षे मकर लाग्ने थियो । मकर मेला मुल ब्यवस्थापन समितिले आज साँझ एक विशेष सूचना जारी गर्दै को रो ना सं क्र मण को बढ्दो अवस्थालाई ध्यानमा राख्दै मेला स्थगन गरेको जनाएको छ ।

समितिले जारी गरेको सूचनामा अर्को सूचना जारी नहुँदासम्मलाई मेला स्थगन गरिएको उल्लेख गरिएको छ ।

आजै दिउँसोमात्रै धुलिखेलमा बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले पनि मकर मेला सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

डिसीएमसीले २५ जनासम्म भक्तजनले स्नान गर्न भने पाउने बताएको छ । तर मेलाको रुपमा भिड्भाड गर्न पाइने छैन् ।

 

11560
Shares

ट्रेन्डिङ