सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोभिडको मार झेलिरहेको नमोबुद्ध नगरपालिकाले गर्यो आफ्नो सेवा सूचारु

कोभिडको मार झेलिरहेको नमोबुद्ध नगरपालिकाले गर्यो आफ्नो सेवा सूचारु

4410
Shares
कोभिडको मार झेलिरहेको नमोबुद्ध नगरपालिकाले गर्यो आफ्नो सेवा सूचारु

 

काभ्रे : कोभिडको मार झेलिरहेको काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो सेवा सूचारु गर्न भएको छ ।

यहि माघ ७ गतेदेखि अनिश्चितकालका लागि बन्द गरेको सेवा सूचारु गर्ने पालिकाले जनाएको छ ।

आज प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले एक सूचना जारी गर्दै स्थगित भएका सेवा आइतबारबाट सूचारु गर्ने जानकारी दिएका छन्।

नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना स्वयं नै कोभिड संक्रमित भएका थिए ।

पालिकाका अधिकांश कर्मचारी समेत कोभिडबाट संक्रमण भएपछि पालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

 

4410
Shares

ट्रेन्डिङ