सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • यूवा नेता गणेश लामाद्वारा सुत्केरी महिला र बृद्धबृद्धालाई न्यानो कपडा वितरण

यूवा नेता गणेश लामाद्वारा सुत्केरी महिला र बृद्धबृद्धालाई न्यानो कपडा वितरण

5860
Shares
यूवा नेता गणेश लामाद्वारा सुत्केरी महिला र बृद्धबृद्धालाई न्यानो कपडा वितरण

 

नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले न्यानो कपडा वितरण गरेका छन् ।

काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका लामाले जिल्लाको रोशी गाउँपालिका वडा नं १ का सुत्केरी महिला, अपांग र बृद्धबृद्धालाई ब्ल्याङ्केट बितरण गरेका हुन् ।

उनले वडाभित्रका २ सय ७५ जनालाई जाडोबाट जोगिनको लागी भन्दै न्यानो ब्ल्याङ्केट बितरण गरेका हुन् ।

आज एक कार्यक्रमबिच नेता लामाले न्यानो ब्ल्याङ्केट बितरण गरेका हुन् । कार्यक्रममा बोल्दै नेता लामाले सुत्केरी महिला, अपांग र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

उनले आगामी दिनमा पनि वडाबासी तथा जिल्लाबासीलाई आवश्यक सहयोग गर्न सधै लागिपर्ने बताएका छन् ।

उनले को रो ना भा इ सर को स क्र मण तीव्र गतिमा फैलदै गएको स्मरण गराउँदै यसबाट सजग रहन पनि वडाबासीलाई आग्रह गरेका छन् । नेता लामा लामो समयदेखि नै समाज सेवामा अग्रसर भएर लागेका छन् ।

कोरोना महामारीको समयमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री अभाव हुँदा जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

उनको यस्तो सहयोगले काभ्रेबासीबिच नेता लामा निकै लोकप्रिय बन्दै गएका छन् ।

 

 

5860
Shares

ट्रेन्डिङ