सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दो, कति छन् को रो नाका बिरामी ?

काभ्रेमा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दो, कति छन् को रो नाका बिरामी ?

4370
Shares
काभ्रेमा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दो, कति छन् को रो नाका बिरामी ?

 

काभ्रेमा को रो ना भाइरस संक्रमित भएका सक्रिय बिरामी घट्दै गएका छन् ।

प्रतिदिन संक्रमित भन्दा निको हुनेको संख्या बढ्दै गएपछि सक्रिय बिरामी घट्दै गएका हुन् ।

 

काभ्रेमा पछिल्लो दिनदेखि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमित निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १६जनामा को रो ना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४५ जनाको नमुना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अहिले काभ्रेमा १ सय ३१ जना को रो ना भाइरसका सक्रिय स ङ्क्र मि त रहेका छन् । तीमध्ये बनेपा नगरपालिकाभित्र ४७ जना कोरोनाका सक्रिय बिरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार धुलिखेलमा ३० जना,पनौतीमा १७ जना,पाँचखालमा ८, नमोबुद्धमा ९, जना,मण्डनदेउपुरमा ३ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् । त्यस्तै भुम्लु र रोशी ३- ३ जना,बेथानचोकमा ८, तेमालमा २ जना, महाभारत र चौरीदेउरालीमा १-१ र रोशीमा ३ जना कोरोनाका सक्रिय बिरामी रहेका स्वास्थ्य प्रशासक डा. सेढाईँले जानकारी दिए ।

ती मध्ये ११५जना होम आइसोलेशनमा छन् भने १६ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

यसैबिच काभ्रेमा आजसम्म २ लाख ४८ हजार ५सय ४५ जनाले कोरोना भाइसर विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

त्यसैगरी २ लाख ९ हजार ९३५ जनाले को रो नावि रु द्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै १६ हजार ९७२ जनाले को रो नावि रुद्ध को बुस्टर अर्थात तेस्रो मात्रा खोप लगाएका वरिष्ठ स्वास्थ्य प्रशासक डा.सेढाईँले जानकारी दिए ।

 

4370
Shares

ट्रेन्डिङ