सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मतदाता पचियपत्र हराएका र नष्ट भएकालाई सिफारिस निःशुल्क दिन निर्देशन

मतदाता पचियपत्र हराएका र नष्ट भएकालाई सिफारिस निःशुल्क दिन निर्देशन

4310
Shares
मतदाता पचियपत्र हराएका र नष्ट भएकालाई सिफारिस निःशुल्क दिन निर्देशन

 

काठमाडौं, ११ फागुन: निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले विगतका निर्वाचनमा जस्तै मतदाता परिचयपत्र तयार गरी वितरण गर्ने भएको छ।

 

विगतका निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले परिचयपत्र विभिन्न कारणले नष्ट भएको, हराएकाले पुनः बनाउनुपर्ने भनी आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिएमा आयोगबाट त्यस्ता मतदाताको परियपत्र बनाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।

 

मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहबाट दस्तुरसमेत लिएको भन्ने जानकारी पाएपछि आयोगले वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन गर्न आएमा मतदाता परिचयपत्र उपलब्ध गराउने प्रयोजनका लागि निःशुल्करुपमा सिफारिस गर्न सबै स्थानीय तहमा परिपत्र गर्ने निणर्य भएको आयोगले जानकारी गराएको छ।

 

सरोकारवाला स्वयंले आफ्नो वडा कार्यालयको सिफारिससहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने छन्।

वडा कार्यालयको सिफारिससहित सम्बन्धित मतदाता स्वयं उपस्थित भई निवेदन दिएमा वा वडा कार्यालयको सिफारिससहित इमेल वा फ्याक्स वा अन्य विधिमार्फत समेत प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउन पनि आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। रासस

 

4310
Shares

ट्रेन्डिङ