सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको नयाँ अध्यक्षमा तामाङ, पत्रकार रमा दाहाल सम्मानित

फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको नयाँ अध्यक्षमा तामाङ, पत्रकार रमा दाहाल सम्मानित

6685
Shares
फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको नयाँ अध्यक्षमा तामाङ, पत्रकार रमा दाहाल सम्मानित

काभ्रे : फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको १० औं साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । साधारण सभाबाट अध्यक्षमा शम्भु तामाङ निर्विरोध निर्वाचित भएका छन् । सभाले तामाङ अध्यक्ष रहेको नयाँ जिल्ला कार्य समिति गठन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा भेष बहादुर दनुवार चयन भएका छन् ।

सचिवमा किरण खरेल र कोषाध्यक्षमा रुद्रबहादुर खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरूमा नेत्र बहादुर गौतम, ठाकुर प्रसाद दाहाल र सुरेश बस्नेत चयन भएका छन् । साधारण सभाको उद्घाटन गर्दै काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (ख) का सांसद चन्द्र लामाले किसानले अनुदान पाउन हाकिमको फेर समात्नु पर्ने अवस्थाको अन्त्य गर्न जरूरी रहेको बताए ।

सांसद लामाले पुष्प ब्यवसायलाई थप मजबुद बनाउन आवश्यक रहेको बताए । मौसमी भन्दा पनि बाह्रै महिना फूल खेती गरेर आम्दानी गर्न नयाँ किसानलाई पनि प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठले फूल खेतीलाई थप व्यवसायीकरण गर्न आवश्यक रहेको बताए । कोभिडले पुष्प ब्यवसायी समस्यामा रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय सरकारले फूल खेती गर्ने किसान उचित सम्बोधन गर्नु पर्ने अध्यक्ष कसजुको भनाई छ ।

काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष ग्रोविन तौजलेले वाणिज्य संघको नयाँ भवनमा एउटा कोठा कार्यालय सञ्चालनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । काभ्रेमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा २२० जनाभन्दा बढी पुष्प ब्यवसाय किसान आबद्ध रहेका छन् । १० हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेले रहेक वर्ष जिल्लाका एक पत्रकारलाई पनि सम्मान गर्दै आएको छ । यो वर्ष कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता रमा दाहाल (भण्डारी)लाई सम्मान गरेको छ ।

6685
Shares

ट्रेन्डिङ