सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवा काभ्रे आउने

प्रधानमन्त्री देउवा काभ्रे आउने

9230
Shares
प्रधानमन्त्री देउवा काभ्रे आउने

 

 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा काभ्रे आउने भएका छन् ।

 

काभ्रेको तेमाल गाउँपालिकामा निर्माण भएको गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गर्न देउवा काभ्रे आउन लागेका हुन् ।

 

भवनको यहि चैत ५ गते विविध सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिने भएको छ । देउवाले सोही दिन बिहान १० बजे नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गर्ने गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाले एक सुचना जारि गर्दै भवन उद्घाटनमा सम्पुर्णलाई कार्यक्रममा सहभागि हुन अनुरोध पनि गरेको छ । २०७६ साउन ७ मा गाउँपालिकाले प्रशासकिय भवन निर्माणको काम साङदोर्जे निर्माण कम्पनीलार्य दिएको थियो ।

उक्त भवन ४ करोड ५२ लाख ४७ हजार ६ सय ५३ रुपैया निर्माण गरिसक्ने गरी सम्झौता भएको तेमाल गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिएका छन् । तामाङका अनुसार साङदोर्जे निर्माण कम्पनिले करिब २ बर्षको अवधिमा नवनिर्मित भवनको निर्माण सम्पन्न गरेको हो ।

 

 

 

9230
Shares

ट्रेन्डिङ